Featured Posts
Donec gravida lacinia mi hendrerit hendrerit
Aenean at neque vel diam feugiat tempus quis auctor nibh. Phasellus ut viverra dol...more
Aenean vitae leo ipsum nunc dolor
In quis felis sit amet ligula consequat aliquam vitae a arcu. Nullam et ipsum id n...more
Nullam tincidunt neque volutpat tellus
Morbi eu sodales sem. Donec gravida,nisl non luctus sollicitudin,urna magna dign...more
Quisque quis urna sagittis nibh dapibus
Fusce dolor ligula,egestas nec eleifend quis,blandit sed lorem. Duis congue vest...more
Pellentesque pulvinar magna non elit rutrum
Phasellus fringilla condimentum leo ut mollis. In mauris nibh,iaculis at auctor a...more
सिल्भिया राजोपाध्याय/उज्यालो ।
काठमाडौं, मंसिर २७ – साहित्य सभ्यताको पहिचान हो र सभ्यताको मापन यसैबाट हुन्छ ।
साहित्यलाई अन्य भाषामा पनि अनुवाद गरियो भने त्यसको महत्व सुनमा सुगन्ध थप भए झैं हुन पुग्छ ।
स्व. केशरलाल श्रेष्ठको शब्दमा अनुवाद साहित्यको महत्व मौलिक साहित्य जति नै छ ।
यसै सन्दर्भमा जनकवि दुर्गालाल श्रेष्ठको
नेपाल भाषामा रचित कविताहरुको संग्रह बिनिभालय् ह्वःगु ख्वीप्यफ्वः स्वां
(अस्ताउँदो सूर्यमा फुलेका ६४ फूल) को अंग्रेजीमा अनुवाद भइरहेको छ ।
नेपाल भाषामा बोल्न, पढ्न र लेख्न राम्ररी
दखल भएका वेष्टर्न ओरेगन विश्वविद्यालयका प्रोफेसर डा. डेभिड हारग्रिभस्ले
यो संग्रहमा भएका ६४ कविताको अनुवाद गरि रहनुभएको छ ।
कसरी ६४ फूलको जन्म हुन पुग्यो भन्ने
प्रश्नमा जनकवि श्रेष्ठ भन्नुहुन्छ, ‘बिनिभालय् ह्वःगु ख्वीप्यफ्वः स्वां
एउटै कथामा आधारित कविता होइन । एकएक कविताको आफ्नै स्वतन्त्र अस्तित्व छ ।
यो कविताको जन्म एक कारणबाट भएको हो ।
मेरो दाइ बित्नुभएको बेला कौसीमा बसेर
हेर्दा अस्ताउँदो सूर्य देखें । उसले मलाई केहि सोधिरहेको जस्तो भान भयो ।
हरेक प्रश्नको जवाफ दिँदै गएँ, कविताको माध्यमबाट । फलस्वरुप बीनिभालय्
ह्वःगु ख्वीप्यफ्वः स्वांको जन्म थाहा नपाइकन हुन गयो ।’
आफैं पनि एक कवि रहेका डा. हारग्रिभस्लाई
दुर्गालालको कवितामा मन परेको पक्ष हो, उताको कवितामा नभएको पक्ष छन्द ।
उनको भनाइमा छन्द र ठेट शब्दहरुको अनुवाद गर्न एकदमै कठिन छ ।
अनुवादक
डा. हारग्रिभस् भन्नुहुन्छ, ‘सन् १९८६ मा नेपाल आउँदा एक कार्यक्रममा
दुर्गालालले पढ्नुभएको कविता सुन्न पाएँ । मैले केही बुझिन, तर छन्दले मेरो
मन छोयो । अमेरिकामा फर्किएपनि त्यो छन्दले मलाई पछ्याइरह्यो । फेरि २०१०
मा नेपाल आएँ । भोटाहिटीमा गएर उक्त किताव खोज्न थालें । भेट्टाएँ पनि ।
पढ्न थालें, तर राम्ररी बुझ्न सकिन । एकजना साथीको सहयोगले मैले बुझ्न
थालें । छन्दमा चित्रित गरिएको विषयवस्तुले गर्दा मैले अंग्रेजीमा अनुवाद
गर्ने निधो गरें ।
डा.
हारग्रिभस्को शब्दमा अनुवाद साहित्यको महत्व एकदमै छ । अनुवाद भयो कि
नेपाल भाषाको साहित्यको उचाई अरुले थाहा पाउँछन् । नेपाल भाषाको साहित्य
अन्य भाषाका साहित्य भन्दा कम छैन र नेपाल भाषाको साहित्य संस्कृति कति
पुरानो छ भनेर धेरैलाई थाहा छैन त्यसैले अनुवाद भयो भने व्यापक हुन सक्छ ।
यस भन्दा अघि पनि धेरै नै नेपाल भाषाको
साहित्यिक कृति अंग्रेजीमा अनुवाद भइसकेको स्थिति छ । अंग्रेजी अनुवाद
गर्ने क्षेत्रमा अगाडि आउने नामहरु स्व. केशर लाल श्रेष्ठ, माधवलाल
कर्माचार्य, प्राडा तेजरत्न कंसाकार, तीर्थराज तुलाधर, प्राडा डेभिड
गेल्नर, प्राडा टड लेविस, सूवर्ण मान तुलाधार, सिल्भिया राजोपाध्याय्,
राजेन्द्र शाक्य, राजेन्द्र मानन्धर हुन् ।
सिल्भिया राजोपाध्यायले अंग्रेजीमा अनुवाद
गर्नुभएको माधव मूलको कवितालाई सन् २००० मा इन्टरनेशनल लाइब्रेरी अफ
पोएट्ले पोएटस् एडिर्टर च्वाइस अवार्ड प्रदान गरेको थियो भने सोही अनुवादित
कवितालाई इन्टरनेशनल सोसाइटी अफ पोएट्सले सन् २००२ मा इन्टरनेशनल पोएटस्
अफ मेरिट अवार्ड प्रदान गरेको थियो ।
सुर्खेत, २७ मंसिर ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले सञ्चालन गरेको दोस्रो सेमेस्टरको तेस्रो दिन आजको परीक्षा स्थगित भएको छ ।
दोस्रो दिन हिजो (बुधबार) भएको परीक्षामा मानविकि संकायअन्तर्गत ग्रामीण विकास विषयको परीक्षाका क्रममा दुई जना उप–प्रध्यापकहरुले विद्यार्थीलाई विनाकारण कुटपिट गरी परीक्षा हलबाट निकालेको बिरोधमा विद्यार्थीहरुले आन्दोलन गरेपछि आजको परीक्षा स्थगित भएको हो । परीक्षाका क्रममामा हिजो उप–प्रध्यापक धनुष पाठक र महिमा गैरेले स्नातक तहको ग्रामीण विकास विषयको परीक्षामा सहभागि भएका तपेन्द्र पुरी, उज्वल थापा र तारा बज्गाईलाई अपशब्द प्रयोग गर्दै हातपात गरेको विद्यार्थीको आरोप छ ।
विद्यार्थीहरुलाई हातपात गर्नुका साथै अमर्यादित व्यवहार गर्ने उप–प्रध्यापकलाई हटाई कार्वाही गर्न विश्वविद्यालय प्रशासनसँग माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालयको प्रशासन शाखामा अनिश्चितकालिन ताला लगाइदिएका छन् । साथै हिजो लिइएको ग्रामीण विकासको परीक्षा रद्द गर्नुपर्ने, बाँकी विषयहरुको परीक्षा पनि सार्नु पर्ने माग विद्यार्थीहरुको छ ।
तर विश्वविद्यालयले भने आजको परीक्षा स्थगित भएपनि अन्य विषयको परीक्षा भने यस अघि निकालिएको परीक्षा तालिकाअनुसार नै हुने बताएको छ । विश्वविद्यालयले प्रत्येक सेमेस्टरमा तीनपटक परीक्षा लिने गर्दछ । अन्तिम परीक्षाको लागि यस अघि हुने दुईवटा परीक्षा पास गर्नु पर्छ । साथै पहिलो र दोस्रो परीक्षामा फेल भएकाहरुका लागि पुरक परीक्षाको व्यवस्था पनि गरिएको छ ।
बल्ल चल्ने भो कोमल वलीको ‘दबदबा’
२०७० मंसिर २७ गते १२:२६ मा प्रकाशित
104
0
0
चलचित्रमा रत्न प्रसाद श्रेष्ठको लगानी, विन्दिया पौडेलको कथा, राजिब मानन्धरको छायांकन, मिलन श्रेष्ठको सम्पादन, देव महर्जनको द्वन्द्व, यादव योगीको संगीत छ । चलचित्रलाई निर्माणपक्षले क्राइम थि्रलर भनेको छ । यूवापुस्तामा बढ्दै गएको लागूपदार्थ दुव्र्यसनिको कथालाई सिनेमाले देखाउन खोजेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/144383/#sthash.F6Pwvjyz.dpuf

Subscribe to:
Comments (Atom)